
३० जेठ, काठमाडौं । सरकारले अधुरा आयोजना कार्यान्वयन गर्ने प्रयोजनका लागि साढे ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षबाट सो प्रयोजनका लागि बजेट राख्न थालेको हो ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि ६ खर्ब ६७ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट अधुरा आयोजना कार्यान्वयन कार्यक्रममा खर्च हुने भएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ बजेट खर्च हुने मन्त्रालयको संशोधित अनुमान छ । विगतमा संघीय सरकारबाट सुरु गरिएका तर, संघीयतापछि स्थानीय र प्रदेशमा हस्तान्तरण भएका आयोजनामध्ये औचित्यका आधारमा बजेट अपुग हुने आयोजनामा राख्न यो रकम उपयोग गर्न थालिएको छ । अर्थ मन्त्रालयले यो रकम पूँजीगत सशर्त अनुदानका रुपमा उपयोग गर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4