
काठमाडौं । गत साता काठमाडौंमा आयोजना गरिएको क्याप्टिभेटिङ क्रियसन अवार्ड नामक भारतीय कार्यक्रममा आफूलाई अपमान गरिएको भन्दै शास्त्रीय नृत्यांगना सीता सुवेदीले आयोजकविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।
आयोजकले आफूलाई कार्यक्रममा प्रस्तुति दिने र सम्मान गर्ने भनेर औपचारिक रुपमै बोलाए पनि प्रतिबद्धताअनुसार त्यसो नगरी अपमान गरेकाले कारवाहीको माग गर्दै उनले दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिएकी हुन् ।
कलाकार सुवेदीले घटनाबारे फेसबुकमा समेत उल्लेख गरेकी छन् । ‘प्रस्तुतिका लागि पटकपटक अगाडि बोलाएर प्रस्तुति दिने अवसर नदिएर जुन किसिमको अपमान गरिएको छ । यो सम्पूर्ण कलाकारप्रति र कलाप्रतिको अपमान हो यस्तो मानहानी गरिएको अवस्थाप्रति कार्यक्रम आयोजक सम्पूर्ण टिम तथा सुभाष प्रधानप्रति मेरो आपत्तिपूर्ण अभिव्यक्ति छ,’ उनले लेखेकी छन् ।
बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ । कलाकार सुवेदी एक खुट्टाले नृत्य गर्ने गर्छिन् ।
प्रतिक्रिया 4