
३० जेठ, काठमाडौं । सगरमाथा आरोहणको ७०औं बार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस-२०२३ का अवसरमा पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम आयोजना गरेको छ ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले २९ मई १९५३ मा भएको सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा नयाँ आयाम थपेको र त्यसपछि हजारौ पर्वतारोहीले सगरमाथा आरोहण गरेको बताए ।
राजदूत अधिकारीले सगरमाथा अरोहण गर्ने पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उनीहरुको आगामी पर्वतारोहण र साहसी खेल एवम् पर्यटन अभियानको सफलताको कामना समेत गरे ।
कार्यक्रममा पर्वतारोहीहरु मिंग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले नेपालमा पर्वतारोहणको अनुभव सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4