+
+

राम्रो गर्‍याछु भनेर चुप लागेर बसेर हुँदो रहेनछ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते ८:३४

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गरेका छन् ।

जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने र देशभित्रका बेथितीलाई रोक्ने प्रयासदेखि पछिल्लो भारत भ्रमणको क्रममा भएका सहमति सम्झौतालाई ६ महिनाको बीचमा सरकारले गरेका राम्रा काम भएको उनले बताए ।

पार्टी निकट पत्रकार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग आज बिहान बालुवाटारस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र राम्रा कामलाई पनि नराम्रो भन्नेहरुको प्रतिवाद गर्न निर्देशनसमेत दिए ।

‘राम्रो काम गरेर मात्र पुग्दैन । राम्रो कामलाई यो राम्रो हो भनेर जनतालाई बुझाउने कुरा र भ्रमलाई चिर्ने कुरा धेरै महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राम्रो गर्ने र राम्रोको विरोध गर्नेहरुको सशक्त प्रतिवाद गरेर मात्रै आन्दोलनलाई, जनतालाई र राष्ट्रलाई राम्रो गर्न सकिन्छ भन्ने नै मुख्य कुरा हो ।’ राम्रो गर्‍याछु भनेर चुप लागेर बसेर हुँदो रहेनछ भन्ने कुरा विगतका घटनाक्रमले देखाइसकेको उनले बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा समानुपातिक विज्ञापनको नीति व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउनुपर्ने, अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?