
३१ जेठ, काठमाडौं । मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
जाँचका क्रममा साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताए ।
डीएसपी कार्कीका अनुसार पक्राउ परेका साहलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4