+
+

नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १२:४०

३१ जेठ, काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । सम्मेलन २-५ असारसम्म काठमाडौं नयाँ बजारमा हुनेछ ।

नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युरोपियन युनियनको सहयोगमा सञ्चालित व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको सञ्चालन गर्दैछ ।

नेपाली कफी माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यसक्षेत्रको समग्र मूल्य श्रृङ्खलालाई मजवुत बनाउने उपयहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले जानकारी दिए ।

यस व्यवसायमा युवा तथा महिलाको आकर्षण बढाउन पनि यो सम्मेलन सहयोगी हुने उनले विश्वास व्यक्त गरे । आन्तरिक एवम् वाहय बजार प्रवर्द्धन गर्ने, कफी क्षेत्र विकास प्रवर्द्धनका लागि आवश्यक नीति तथा कानुनी विषयमा बहस गर्ने तथा उद्यमी व्यवसायीका वस्तु तथा सेवाहरुका प्रर्दशनी गर्ने उद्देश्य पनि सम्मेलनको छ । नेपालमा कुल १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि केवल ३३०० हेक्टरको हाराहारीमा मात्र खेती हुने गरेको छ ।

सम्मेलनमा कफी उत्पादकहरु, उपकरण निर्माताहरु, निर्यातकर्ताहरु र अन्य कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुलाई आफ्ना उत्पादनहरु प्रदर्शन हुनुका साथै यसक्षेत्रका प्रयोग हुने मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग समानहरु अवलोकन गर्ने अवसर आगन्तुकहरूले पाउने जनाइएको छ ।

नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् ।

नेपालमा उदाउँदो निर्यातमूलक क्षेत्रको रूपमा रहेको कफी व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजार भन्दा बढीलाई रोजगारी दिंदै आएको महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिए ।

सम्मेलनले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गर्ने विश्वास लिइएको छ । नेपालमा ४२ जिल्लामा कफी खेतीको सम्भावना भए पनि त्यसको आधाआधी जिल्लामामात्र व्यावसायिक खेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?