+
+

‘आदिपुरुष’को क्रेज : नेपालमा पनि हनुमानको लागि एक सिट खाली राखिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १३:४०

काठमाडौं । प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ शुक्रबारदेखि नेपालमा पनि रिलिज हुँदैछ । यो फिल्म बुधबार न्युयोर्कको ट्राइबेका फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदैछ । भारतसहित विश्वभर यो फिल्मलाई लिएर चर्चा पनि छ । यस्तोमा भगवान हनुमानको सम्मानका लागि भन्दै एक सिट खाली राख्ने निर्माताको निर्णयले भारतमा चर्चा गर्माएको छ ।

रामायणको कथावस्तु भएकाले नेपालमा समेत यसको चर्चा छ । नेपालका केही सिनेमा हलले समेत ‘आदिपुरुष’को प्रदर्शनको क्रममा हनुमानसहित राम, लक्ष्मण र सीताको लागि पनि सिट खाली राख्ने घोषणा गरेका छन् । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना फ्रेन्चाइजी हलमा हनुमानको लागि सम्मानको लागि एक सिट खाली राख्ने भएको छ ।

आईएनआई फ्रेन्चाइजी निर्देशक सुरेन्द्र थापाले आफ्ना चार हलहरु काठमाडौंको ल्होत्से, चितवन, बुटवल र पोखरामा हनुमानका लागि एक सिट खाली राख्ने निर्णय भएको बताए । ‘जहाँ राम र सीता हुनुहन्छ, त्यहाँ हनुमान पनि हुनुपर्छ भन्ने मान्यताअनुसार एक सिट खाली राख्ने निर्णय गरेका छौं,’ थापाले अनलाइनखबरसँग भने, ‘यो हनुमानका लागि सम्मान हो ।’

यसैबीच, हेटौंडाको एनएस सिनेमाजले आदिपुरुष प्रदर्शनको क्रममा चार जना भगवानलाई समर्पित गर्दै चार सिट खाली राख्ने घोषणा गरेको छ । हलका व्यवस्थापक किशोरराज पौडेलका अनुसार भगवान श्रीराम, लक्ष्मण, सीता र हनुमानका लागि भन्दै चार सिट खाली राख्ने निर्णय भएको छ । भगवानप्रतिको आस्थाको कारण एक सिट खाली राखिने उनले बताए ।

आदिपुरुषका नेपाल वितरक उज्वल पौडेलले फिल्मको क्रेजलाई लिएर आफूहरु उत्साहित रहेको बताए । यो फिल्मलाई ए-एट सिनेमाले निकै महंगो मूल्यमा नेपाल ल्याउन लागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?