+
+

सुनुवाइ समितिमा उजुरीमाथि उजुरीकर्ताले नै छलफल गर्न मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १५:१६

३१ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका उजुरीकर्ताले आफ्नो उजुरीमाथि छलफल गर्न नै अस्वीकार गरेका छन् ।

उनीहरुले प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय सुनुवाइको वैधानिकतामा नै प्रश्न उठाएर छलफल गर्न अस्वीकार गरेका हुन् ।

बुधबार संसदीय सुनुवाइ समितिले उजुरीकर्ताका तर्फबाट श्रीकृष्ण भट्टराई, ध्रुवलाल श्रेष्ठ र अमृत खरेललाई छलफलमा बोलाएको थियो । तर सांसदहरुले उजुरीमाथि छलफल गर्न खोज्दा उनीहरुले अस्वीकार गरेको एक सांसदले बताए ।

उजुरीकर्तामध्येका एक ध्रुवलाल श्रेष्ठले पनि प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय समितिको बैधानिकतामा नै प्रश्न रहेकाले आफूहरुले त्यही विषयमा छलफल गर्न चाहेको बताए । उनीहरुले सबै उजुरीकर्तासँग सामूहिक छलफल हुनुपर्ने माग पनि राखे ।

करिब २० मिनेटसम्म उनीहरु संसदीय सुनुवाइ समितिसँग छलफलमा बसेका थिए । तर उजुरीको विषयमा छलफल हुन सकेन । त्यसपछि समितिले समय सकियो भन्दै उनीहरुलाई बाहिर पठाएको थियो ।

पत्रकारहरुसँग कुरा गर्दै उजुरीकर्तामध्येका एक ध्रुवलाल श्रेष्ठले आफूहरुसँग अब सडक आन्दोलनको विकल्प नभएको बताए ।

सामूहिक छलफलको माग गर्ने २० उजुरीकर्ता बाहिरिएका छन् । बाँकीउजुरीकर्तासँग छलफल जारी रहेको संसदीय सुनुवाइ समितिले जनाएको छ । अहिले उजुरीकर्ता छबिन्द्रराज कंडेल र गणेशलाल अवालेसंग छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?