
३१ जेठ, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बजेटअघि विश्वासको मत लिन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरेका छन् ।
बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनले मुख्यमन्त्री अल्पमतमा परेकाले पहिले विश्वासको मत लिएर मात्र बजेट ल्याउन आग्रह गरेका हुन् ।
कोशी प्रदश सरकारले बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र असार १ गते बजेट ल्याउनुपर्नेछ ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् । एकीकृत समाजवादी कोशी प्रदेशसभा संसदीय दलका नेता राईले नैतिक र कानुनी रुपमा पहिला विश्वासको मत लिएर मात्रै बजेट ल्याउनुपर्ने बताए ।
उनले मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा नै बजेट पेश गर्न पनि आग्रह गरे । ‘प्रदेशसभामै बजेट ल्याउनु पर्छ, यो बाटो (अध्यादेश) को बाटोमा नजानू’ उनले भने ।
प्रतिक्रिया 4