+
+

नाटक ‘ट्रान्जिट’बाट रंगमञ्चमा डेब्यु गर्दै अभिनेत्री शिल्पा मास्के

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १७:१०

काठमाडौं । उपन्यासकार कुमार नगरकोटीले लेखेको नयाँ नाटक ‘ट्रान्जिट’बाट अभिनेत्री शिल्पा मास्केले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ ।

नाटकमा शिल्पासहित दिव्यदेव, आकांक्षा कार्की, शिल्पा मास्के, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराजको अभिनय रहने शिल्पी थिएटरले जनाएको छ । नाटकले मुख्य पात्रहरु एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा पेश गर्छ । केटा र केटीबीचको पात्रको कथा यसमा छ । एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दैछन् ।

जसमध्ये एक पात्रको भूमिकामा शिल्पाले अभिनय गर्नेछिन् । २०७६ सालमा रिलिज भएको फिल्म ‘द ब्रेकअप’बाट अभिनय करिअर थालेकी शिल्पाले कागजपत्र, सानो मन, कठ्पुतली, लाइफ इन एलए, फूलबारी र परस्त्रीमा अभिनय गरेकी छन् । यो उनको पहिलो नाटक हुनेछ ।

अहिले नाटक रिहर्सलमा व्यस्त शिल्पासामु असार १५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को प्रवद्र्धनमा समेत दौडधुप गर्नुपर्ने दबाब छ । रिहर्सलमा व्यस्त शिल्पाले अभिनयलाई ग्राउण्ड जिरोबाट सिकिरहेको अनुभूति भएको बताइन् ।

‘नाटकलाई लिएर ममा पहिल्यैदेखि कौतुहलता थियो । अहिले नाटक सिक्दैछु । कलाकार भएर ग्राण्ड जिरोदेखि नै थालेजस्तो महसुस भएको छ । विशुद्ध अभिनय सिकिरहेकी छु,’ उनले भनिन्, ‘फिल्ममा काम गर्दा बढी टेक्निकल हुनुपर्ने रहेछ । तर नाटकमा पात्र निर्माणमा बढी केन्द्रित छु ।’ फिल्म र नाटकलाई लिएर समय व्यवस्थापन गरिरहेको समेत शिल्पाले बताइन् । ‘कथा राम्रो भएकैले नाटक गरेकी हुँ । फिल्मको प्रचार र नाटकको लागि पनि समय मिलाइरहेको छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?