+
+

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना पक्राउ

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० जेठ ३१ गते १७:३०

३१ जेठ, काठमाडौं। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न क्याम्पसका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायत छन् । पक्राउ परेका उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?