
३१ जेठ, काठमाडौं । धनुषाको नगराइन नगरपालिका वडा-२ का वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्र घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनीहरुलाई नगराइन चोक धनुषाबाट सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको साथबाट अख्तियारले ७० हजार बरामद गरेको छ भने नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4