+
+

इप्पान अध्यक्षमा मल्लको उम्मेदवारी खारेज, कार्की निर्विरोध निर्वाचित हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १८:१९
बायाँबाट क्रमशः गणेश कार्की र किरण मल्ल ।

३१ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को अध्यक्ष पदमा दावेदारी पेश गरेका किरण मल्लको उम्मेदवारी खारेज भएको छ । संस्थाको स्वीकृत विधानअनुसार उम्मेदवारका लागि अयोग्य रहेको भन्दै निर्वाचन समितिले ७ जनाको उम्मेदवारी खारेज गरेको छ । जसमा सबै मल्ल प्यानलकै छन् । योसँगै अध्यक्षमा गणेश कार्की निर्विरोध हुने देखिएको छ

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामवाली प्रकाशन गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पनि खारेज गरेको छ । विधानअनुसार उनी वरिष्ठ उपाध्यक्ष बन्न योग्य नरहेको समितिको ठहर छ । अब वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगी पनि निर्विरोध हुनेछन् ।

दाबी विरोधका लागि सार्वजनिक भएको अन्तिम नामावलीमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारमा कार्की र डाँगीको मात्र नाम छ ।

उपाध्यक्षमा २ जनाको उम्मेदवारी खारेज भएको छ । ५ जना उपाध्यक्ष चुन्नुपर्नेमा भरतबहादुर खत्री, उत्तम भ्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीको नाम अन्तिम नामावलीमा प्रकाशित भएको छ ।

महासचिवमा पनि एक जनाको उम्मेदवारी खारेज हुँदा बलराम खतिवडा निर्विरोध हुने देखिएको छ । उपमहासचिव पदमा प्रकाशचन्द्र दुलाल मात्रै उम्मेदवार छन् ।

अन्तिम नामावलीअनुसार दावी विरोध लागेर त्यसको पुष्टि नभए कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध निर्वाचित हुनेछन् । सचिव पदमा पनि एक जनाको उम्मेदवारी खारेज हुँदा ५ जना सचिवका लागि ५ जनाकै नाम अन्तिम नामावलीमा आएको छ । भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट र हिम प्रसाद पाठकको नाम अन्तिम नामावलीमा छ ।

महिला सदस्यतर्फ ३ जना निवाचित हुनुपर्नेमा ३ जनाको मात्रै निमावली प्रकाशन भएको छ । ईशा श्रेष्ठ, सुसन कर्मचार्य र सुमनकुमारी जोशी महिला सदस्य बन्ने भएका छन् ।

खुला सदस्य पदमा भने ७ जना निर्वाचित हुनुपर्नेमा १४ जना प्रतिस्पर्धामा छन् । बिहीबार खुला सदस्य पदमा लागि मात्रै निर्वाचन हुने निर्वाचन समितिका संयोजक चिरञ्जीवी खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?