+

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका

२०८० जेठ  ३२ गते ७:१३ २०८० जेठ ३२ गते ७:१३
नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका

३२ जेठ, काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ ।

फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि नेपाली टोली साफ खेल खेल्न सिधै भारतको बेंग्लोर जाने छ ।

साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश छन् ।

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय