
३२ जेठ, काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ३२ जेठ बिहीबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ भएको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण सेयर सूचीकरण भएको नेप्सेले जनाएको छ । कम्पनीले सार्वजनिक निष्कासन गरेको १६ लाख २७ हजार ७५० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार ३० जेठमा कम्पनीको सेयर नेप्सेमा सूचीकरण गर्ने सम्झौता भएको हो । ३२ जेठमा कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै अर्को कारोबार दिन अर्थात् आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ ।
नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेका स्पेशस प्रि–ओपन सेसनमा उक्त रेञ्जभित्र जुनसुकै मूल्यमा पहिलो कारोबार खुल्न सक्नेछ ।
नेप्सेले कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विरणको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।
प्रतिक्रिया 4