३२ जेठ, काठमाडौं। फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ।
जसमा पहिलो पटक राष्ट्रिय टिममा परेका मिडफिल्डर लाकेन लिम्बु र डिफेण्डर विमल पाण्डेले डेब्यू गर्दैछन्।
ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेका लाकेन र विमललाई मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पहिलो पटक टिममा राखेका थिए। लाकेनले थ्री स्टार र विमलले त्रिभुवन आर्मी एफसीबाट खेलेका थिए।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स गएको हो। नेपाल र फिलिपिन्स बीचको खेल पौने ५ बजे मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा सुरु हुनेछ।
फिलिपिन्ससँग मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट साफ खेल्न भारतको बेंगलुरु जानेछ। साफ जुन २१ देखि जुलाई ४ सम्म हुनेछ।
नेपालको सुरुवाती-११
किरण चेम्जोङ (कप्तान),
विमल पाण्डे,
सनिस श्रेष्ठ,
अनन्त तामाङ,
रोहित चन्द,
पुजन उपरकोटी,
एरिक बिस्ट,
लाकेन लिम्बू,
आयूष घलान,
नवयुग श्रेष्ठ,
अञ्जन बिष्ट
प्रतिक्रिया 4