+
+

पार्ले एग्रोको नयाँ पेय पदार्थ ‘बी फिज’ नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १६:५९

काठमाडौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय पदार्थ ‘बी फिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याउको स्वादमा अद्वितीय र स्फूर्तीदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । यो पेय पदार्थ सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार बी फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पि फिज प्रस्तुत गरेको थियो भने अब कम्पनीले बी फिजबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति नै ल्याउनेछ । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमाञ्चक स्वादमा प्रस्तुत भएको छ ।

पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहानले नयाँ पेय पदार्थले उपभोक्तालाई नयाँ स्वाद र नयाँ अनुभवसँग परिचय गराउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार परिमाणका अनुसार बी फिजको मूल्य ३०-८० रूपैयाँ पर्नेछ ।

पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बी फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनी साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्दैछ।

साउथ एशियन बेभरेज प्रालिका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्ले एग्रोको नयाँ उत्पादन बी फिजको वितरण गर्नका लागि आफूहरु तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?