
३२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले अहिलेसम्म भएका सबै अर्थमन्त्रीलाई माथ खुवाउने गरी अहिलेको अर्थमन्त्रीले कर लगाउन थालेको बताएका छन् । एफपीओ र मर्जरमा कर लगाउँदा त्यसले ठूलो असर गर्ने उनले बताए ।
महालेखाले कर लगाउन भनेको भनेर कर लागेपनि यसमा उच्चस्तरीय अध्ययन समितिले अनुसन्धान गर्नुपर्ने उनको तर्क छ । उनले सरकारले अपरिपक्व निर्णय गर्न नहुने बताए । यसरी कर थोपर्दा बैंक तथा वित्तीय संस्थालाई निकै असर पर्ने उनले बताए ।
यसमा राष्ट्र बैंकको पनि भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । यसमा राष्ट्र बैंकले अडान लिन सुझाव दिए । अर्थमन्त्री भएपछि सबैको ध्यान करमा नै जानुका कारण के हो भन्दै प्रश्न गरे । रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक रहेको बताए । त्यसमा अन्तरिक तथा बाह्य अवस्था पनि अनुगमन गरिरहनु पर्ने उनले बताए ।
रुस–युक्रेन युद्धको असर हाम्रो अर्थतन्त्र र उपभोक्तमा परेको उनले बताए । राष्ट्र बैंकको प्राथमिकता मुद्रास्फीति हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4