+

इटलीलाई हराउँदै स्पेन नेशन्स लिगको फाइनलमा

२०८० असार  १ गते ७:३७ २०८० असार १ गते ७:३७
इटलीलाई हराउँदै स्पेन नेशन्स लिगको फाइनलमा

१ असार, काठमाडौं । सब्सिच्युट खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

नेदरल्याण्ड्सको डे ग्रोस भेस्टेमा भएको खेलको तेस्रो मिनेटमै यरेमी पेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ११औं मिनेटमै इटलीका सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्खै खेल बराबरी गरे ।

२१औं मिनेटमा इटलीका डेभिड फ्राटेसीले गोल गरे पनि भिएआरले मान्यता दिएन ।

८८औं मिनटमा जोसेलुले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । उनी ८४औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

स्पेन र क्रोएसियाबीचको फाइनल खेल आउने सोमबार हुनेछ ।

२०२१ मा पनि नेशन्स लिगको फाइनल पुगेको स्पेन फ्रान्ससँग पराजित भएको थियो । २०१२ मा उरो जितेपछि स्पेनले कुनै उपाधि जित्न सकेको छैन । उता फ्रान्स पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने योजनामा छ ।

नेशन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय