+
+

मधेश सरकारले आज बजेट ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते ११:४८

१ असार, जनकपुरधाम । मधेस सरकारले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ ।

आज साँझ ५ बजे बस्न लागेको प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

कृषि, सिंचाइ, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर ३५ अर्बभन्दा बढीको बजेट ल्याउन लागेको हो ।

अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताए ।

गत वर्ष मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

तर यस वर्ष संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने सचिव भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?