
काठमाडौं । ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया चाँडै नै नेटफ्लिक्सको वेब सिरिज ‘लस्ट स्टोरीज २’ मा देखिनेछिन् । यसैबीच भर्खरै उनले आफ्नो नयाँ श्रृंखलाका लागि चुम्बन नगर्ने नीति तोड्ने निर्णय गर्नुको कारणबारे खुलाएकी छन् ।
सिरिजमा तमन्नासँगै विजय वर्मा, नीना गुप्ता, अमृता सुभाष, अंगद वेदी, कुमुद मिश्रा, काजोल, मृणाल ठाकुर र तिलोत्तमा शो देखिनेछन् । यो सिरिज २९ जुनमा ओटीटीमा स्ट्रिम हुँदैछ ।
फिल्म कम्प्यानियनलाई दिएको अन्तर्वार्तामा तमन्नाले उक्त सिरिजबारे कुरा गरेकी छन् । उनले भनिन्, ‘म सुजयसँग काम गर्न चाहन्थें । म खुसी छु कि उनीहरूले मलाई यस श्रृंखलाको भागमा कास्ट गर्ने सोचेका थिए । मैले आफ्नो फिल्मी करिअरमा कुनै पनि फिल्ममा यस्तो इन्टिमेट सिन गरेको छैन, यस्ता दृश्य साँच्चै कमै छन् ।’
उनले भनिन्, ‘म त्यस्ता दर्शकमध्ये एक थिएँ, जसका लागि यो सब निकै अप्ठ्यारो थियो । मलाई सधैं लाग्थ्यो कि म यो सबै कहिल्यै गर्दिन, म कहिल्यै अनस्क्रिन चुम्बन गर्दिन । त्यो फ्रेमबाट बाहिर निस्कनु मेरो लागि साँच्चै ठूलो कुरा थियो ।’
कामको कुरा गर्दा ‘लस्ट स्टोरीज २’ बाहेक तमन्ना प्राइम भिडियोको नयाँ वेब शो ‘जी कार्डा’ मा देखिनेछिन् । यस वेब सिरिजमा तमन्नासँगै सुहेल नय्यर, अन्या सिंह, हुसेन दलाल, सायन बनर्जी र सम्वेदना सुवाल्का, सिमोन सिंह र मल्हार ठकर महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
प्रतिक्रिया 4