
१ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
उनले तनहुँको भिमाददेखि नवलपुरको डेढगाँउ र नवलपुरको डेढगाँउ–झ्यालबास खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य आगामी वर्ष प्रारम्भ गर्ने बताए । यस्तै बागलुङको काठेखोलादेखि गलकोटको नरेठाँटीसम्म, म्याग्दीको दानादेखी मुस्ताङको घाँसासम्म र लमजुङको शीतलपाटीदेखि नाल्माफेदीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4