+
+

गुल्मीको मालिकामा ‘हाम्रो मालिका’ पाठ्यपुस्तक लागू

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ६:२०

३ असार, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयमा आफ्नै पाठ्यपुस्तक लागू गरेको छ ।

पालिकाभित्रका सबै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक पाठ्यपुस्तक लागू गरेको हो ।

गाउँपालिकाले स्थानीयस्तरका कला, सँस्कृति, रीति रिवाज, परम्परा, चाडपर्व, विभिन्न स्थानीय जातका सामग्रीहरु सबै समेटेर पाठ्यपुस्तक तयार गरेको हो । गाउँपालिकाले अघिल्लो वर्ष आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्नको लागि शैक्षिक व्यक्तित्वसँग छलफल गरी परामर्श लिएको थियो ।

त्यसपछि पाठ्यपुस्तक निर्माणको लागि समिति तथा विभिन्न उपसमिति बनाएर गाउँपालिकाले काम गरिरहेको थियो । स्थानीय पाठ्यपुस्तकमा व्यवहारिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिइएको मालिका गाउँपालिका शिक्षा शाखा प्रमुख भुमबहादुर घर्तीले बताए ।

पछिल्लो समय ग्रामीण भेगमा पनि आधुनिकताले छोएसँगै परम्परागत पेशा वा अन्य कुरा हराउँदै जान थालेका छन् । गाउँपालिकाले ती कुराहरुलाई जस्ताको त्यस्तै पाठ्यपुस्तकमा उतारेको छ ।

यसले गर्दा पछिल्लो पुस्तामा पनि नयाँ ज्ञान प्राप्त हुनेछ । गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा समेत गरेको छ ।

स्थानीय पाठ्यक्रममा आधरित पाठ्यपुस्तकले शिक्षा सुधारलाई थप टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाले अघिल्लो वर्ष आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय यसवर्ष कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए ।

गाउँपालिका भित्रका ५३ सामुदायिक तथा ५ निजी गरी ५८ विद्यालयका चार हजार भन्दा बढी विद्यार्थीले हाम्रो मालिका नाम स्थानीय पाठ्यपुस्तक अध्ययन गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?