+
+

क्रिएटर्स मेलामा तन्नेरीले सिके डिजिटल मिडिया चलाउने काइदा र शैली

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ९:१७

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा राजधानीमा दुई दिने क्रिएटर्स मेला सम्पन्न भएको छ । ठमेलस्थित अलफ्ट होटलमा आयोजित समारोहमा मुलुकका चर्चित डिजिटल मिडिया कन्टेन्ट निर्माता, सामाजिक संजालमा प्रभाव राख्ने सेलिब्रिटी र ती कन्टेन्टका उपभोक्ता नेटिजन्सले मेलामा सहभागिता जनाए ।

खासगरि डिजिटल मिडिया र तिनका कन्टेन्टसँग अभ्यस्त पछिल्लो पुस्ताको उल्लेखनीय उपस्थिती रहेको मेलामा सम्बन्धित चलेका सेलिब्रिटीले अनुभव र कौशल बाँडे र तन्नेरीलाई प्रोत्साहितको लागि जमर्को गरे । शसक्तीकरण, नवप्रवर्तन र उत्प्रेरणा थिममा आयोजित मेलामा सयौं तन्नेरीले सहभागिता जनाए ।

मेलामा १७ लेक्चर र अन्तक्रिया सेसन आयोजना गरिए । साथै, उत्पादन र प्रदर्शनी स्टल पनि चलाइयो । श्रव्यदृश्य माध्यममा भविष्य बनाउन र सिक्न चाहनेका लागि पडकास्ट, एनिमेसन, भ्लग र अनलाइन ब्राण्ड चलाउनेबारे स्टल तथा सेसनबाट जानकारी पनि दिइयो ।

सामाजिक हितका लागि, लोकतान्त्रिक कार्य, सीमान्कृत समुदायको उपस्थिती र अवसरको सिर्जना गर्न अनलाइन प्लेटफर्म कसरी प्रयोग हुनसक्छ भन्न बारेमा सेसनमा छलफल चलाइएको थियो ।

मेलामा अमेरिकी इन्फ्लुएन्सर तथा युट्युव भ्लगर क्रिस्टिन कालोआ, पडकास्टर संजय सिलवाल गुप्ता, फेसन फोटोग्राफर संजोग राई र फोटोग्राफर स्कन्द गौतम, लिड नेपालका अध्यक्ष अनिलकेशरी शाह, दराज अनलाइनकी व्यवस्थापन निर्देशक आँचल कुवँर, पूर्वमिस नेपाल इभाना मानन्धर र सदिक्षा श्रेष्ठ, अभिनेत्री शिल्पा मास्केले सेसनमा सहभागिसँग अन्तक्रिया गरेका थिए ।

यसबाहेक दूतावासले समर मूभी सिरिजको पनि आयोजना गरिरहेको छ । केही समयअघि तन्नेरीलाई हिपहप नृत्यको विधातर्फ आकर्षित गर्न प्रशिक्षण कार्यक्रम पनि चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?