
३ असार, बुटवल । पाल्पाको दोभान खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका-११ सिर्जननगरका ३४ वर्षीय लोकप्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका-२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाका अनुसार शनिबार दिउँसो साथीहरुसँगै पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पिकनिक सकिएपश्चात घर फर्किने क्रममा लोकप्रसादलाई साथमा नदेखेपछि खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी सय मिटर माथि खोलामा पानीभित्र डुबेको अवस्थामा फेला पारेका थिए ।
उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4