
३ असार, काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को विमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए । पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन विष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथि समीक्षा गरेका थिए ।
लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरी विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकारात्मक विषयहरुलाई पुस्तकमा समेटेका छन् । स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, इर्ष्या, धैर्य, व्यवहार लगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएको उनले बताए ।
पुस्तकमा ऊँटले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेकोदेखि संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान गौतम बुद्ध लगायतका हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको लेखक मल्लले बताए ।
प्रतिक्रिया 4