
३ असार, काठमाडौं । जहाज उड्ने रुटको मौसम खराब भएपछि पश्चिम नेपालका अधिकांश गन्तव्यको उडान प्रभावित बनेको छ ।
वायुसेवा कम्पनीहरुका अनुसार आज भैरहवा, पोखरा, भरतपुर, नेपालगन्ज, धनगढीसहितका गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पूर्वी नेपालमा भने कुनै असर गरेको छैन ।
गन्तव्य विमानस्थलको मौसम राम्रो भएपनि इनरुटमा मौसम बिग्रिंदा आइतबार धेरै उडानहरु प्रभावित बनेको बताइएको छ । नेपालमा मनसुन सुरु भएको छ । यसले विभिन्न स्थानमा वर्षा समेत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4