+
+

नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते २०:४६

३ साउन, दाङ । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।

प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्तीलाई पनि पक्राउ गरेको छ ।

डीएसपी गौतमका अनुसार ज्ञानबहादुरले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी राखेर नाति विवेकलाई छोरा हो भन्दै जन्मदर्ता प्रमाणपत्र बनाएका थिए । जन्मदर्ताको आधारमा वडा कार्यालयले विवेकको नागरिकताको लागि सिफारिस गरेको थियो । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट विवेकले नागरिकता लिएका थिए ।

नातिलाई छोरा बनाएर नागरिकता बनाइदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?