+
+

इसेवामार्फत् पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १३:०१

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो ।

यस योजनामा सहभागी हुन सेन्ड मनीबाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै यस योजनामा प्रोमोकोड ‘फस्र्ट१०’ प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १० प्रतिशत (२० रुपैयाँसम्म) को क्यासब्याक समेत पाउन सकिनेछ ।

इसेवाले सार्बजनिक गरेको यो अफर २० असारसम्म लागु हुनेछ । यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आइफोनको लागि योग्य हुन २० असारभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ । प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ । भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?