+
+

कनेक्ट आईपीएसले ल्यायो इन्स्योरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १३:१५

काठमाडौं । कनेक्ट आईपीएसले ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको छ । ३ असारदेखि ३० असारसम्म लागु हुने गरी अफर सार्वजनिक गरिएको कनेक्ट आईपीएसले जनाएको छ ।

कनेक्ट आईपीएसमार्फत् लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । यस अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप एवम् इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफरमा लागु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?