+
+

भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा रवि सिन्हा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १४:५६

४ असार, काठमाडौं । भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (रअ) को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार नियुक्त गरेको हो ।

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । उनले अब ३० जूनमा ‘रअ’ प्रमुख सामन्त गोयलको स्थान लिनेछन् ।

उनको कार्यकाल २ वर्ष हुनेछ ।

रवि सिन्हा पछिल्लो भाजपा नेतृत्वको सरकार (अटलबिहारी वाजपेयी) को समयमै पुलिस सेवाबाट रअमा आएका थिए ।

एसएसपी पदमा रहँदा नै रअमा आवद्ध भएका सिन्हा अहिले डीजीपी लेवलमा थिए र जम्मु कश्मीर तथा उत्तर पूर्वी राज्यहरूमा चलाइएका कतिपय अपरेसनको नेतृत्व गरिरहेका थिए ।

पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव उनीसँग छ। सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन्।

हेर्नुहोस् रवि सिन्हाको नियुक्तिपत्र-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?