+
+

प्रधानन्यायाधीश र बार पदाधिकारी भेट : पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १५:१८
भेटपछिको पत्रकारसम्मेलनमा बार पदाधिकारी ।

४ असार, काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रधान्यायाधीशलाई भेटेर पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न आग्रह गरेका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएपछि सोमबार बार पदाधिकारीहरु भेट्न पुगेका थिए ।

भेटमा बार पदाधिकारीहरुले न्यायाधीश हुँदा आफ्नो नेतृत्वको समितिले बनाएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

कार्कीले स्वचालित प्रणालीतर्फ उन्मुख भएको र सक्दो छिटो कार्यान्वयन गर्ने आश्वासन दिएको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

बार पदाधिकारीहरुले न्यायाधीश अभावका कारण्न मुद्दामा ढिलाइ भएको भन्दै तत्काल पदपूर्तिमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?