
३ असार, धनगढी । कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ ।
सोमबार कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामवीर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई १ लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमलव ५१ क्युफिटका ७ वटा सालका गोलिया र १८ वटा सिलापट बरामद गरिएको जानकारी दिए ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
चौधरीलाई काठसहित आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय उदासीपुरमा बुझाइएको प्रहरी निरीक्षक साउदले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4