
४ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले पर्यटकलाई लक्षित गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझादरी पत्रमा हस्ताक्षरसँगै महानगरपालिकाले बस किन्नको लागि साझा यातायातलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
विद्युतीय बस सञ्चालनको लागि महानगरले विभिन्न चरणमा रकम उपलब्ध गराउँदै आएको जनाएको छ । महानगरका अनुसार ललितपुरको रकमले साझा यातायातमार्फत बढिमा १७ सिटको ८ वटा छोटा बसहरु आउनेछ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन यी विद्युतीय बस पाटनको कोर क्षेत्रमा सञ्चालन हुने बताए । उनका अनुसार पुल्चोक, मंगलबजार, लगनखेल, जावलाखेलमा सञ्चालन हुनेछ ।
उनले भने, ‘यो क्षेत्र अलि फराकिलो बनाउन सक्छौं ।’ उनले पर्यटकको बसाई लम्याउन बस सञ्चालन गरेको बताए ।
महानगरमा यो पर्यटक बस संचालन भएपछि ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६ वर्ष मुुनिका बालबालिका, क, ख वर्गका अपाङगता भएका,महानगरले जारी गरेको पास हुने यात्रुले निशुल्क यात्रा गर्न पाउने सम्झौतामा उल्लेख छ ।
महानगरका अनुसार यो बस १२ देखि १७ सिटको हुनेछ ।
प्रतिक्रिया 4