+

रुघाखोकी लाग्दा आफूखुसी औषधि किन खानु हुँदैन ?

२०८० असार  ४ गते १६:५० २०८० असार ४ गते १६:५०
रुघाखोकी लाग्दा आफूखुसी औषधि किन खानु हुँदैन ?

काठमाडौं । रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु कति ठीक हो ?

बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं रुघाखोकी लाग्दा हतारमा औषधि खाइहाल्नु नपर्ने बताउँछन् । ‘रुघाखोकी दुई किसिमका हुन्छन्, सामान्य र जटिल । आजभोलि हुने रुघाखोकी सामान्य खालकै हुन्छ,’ उनी भन्छन्, ‘यो पाँच-सात दिनमै निको हुने भएकाले औषधि खाइहाल्नु पर्दैन ।’ रुघाखोकी लागेमा पोषणयुक्त खानेकुरा, झोलिलो पदार्थ खाने र सरसफाइमा ध्यान दिनुपर्छ ।

फार्मेसीमा पिस्क्राइब (डाक्टरले सिफारिस गरेको) र ओभर द काउन्टर ड्रग दुई प्रकारका औषधि पाइन्छन् । रुघाखोकी, ज्वरो, साधारण ग्यास्ट्रिक, पेन किलर, एलर्जीको औषधि नेपालमा आफैं किनेर खाने चलन रहेको जनरल फिजिसियन डा. लोचन कार्की बताउँछन् ।

‘घरमै औषधि खाएर निको भएन भने मात्र जाँच गराउन जाने चलन छ । जबकि रुघाखोकीमा रोगको प्रकृतिअनुसार औषधि सेवन गर्न जरुरी हुन्छ,’ उनी भन्छन् ।

कस्तो अवस्थामा औषधि खाने ?

रुघाखोकी लागेको पाँचदेखि सात दिनसम्म पनि निको नभएमा, खोकी निरन्तर लागेमा, ज्वरो बढ्दै गएमा, खकार र सिंगान पहेंलो भएमा, सास फेर्न गाह्रो भएमा चिकित्सकलाई जाँच गराएर औषधि सेवन गर्नुपर्ने डा. चापागाईं बताउँछन् ।

‘चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि खान हुँदैन । अनावश्यक रुपमा चिकित्सकको परामर्श बिना सेवन गरेको औषधिले साइड इफेक्ट गराउँछ,’ उनी भन्छन् ।

औषधि पनि उमेर अनुसार फरक-फरक मात्रामा खानुपर्ने हुन्छ । बच्चाका लागि छुट्टै औषधि हुन्छ भने वयस्कका लागि छुट्टै । सजिलै पाइन्छ भन्दैमा चकलेट खाए जसरी जुनसुकै बेला औषधि खान नहुने डा. कार्की बताउँछन् । सकेसम्म बच्चालाई एन्टिबायोटिक औषधि प्रयो गर्नु हुँदैन ।

औषधि रुघाखोकी
डा. रामहरि चापागाईं
लेखक
डा. रामहरि चापागाईं
बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४४४ अध्ययन : एमबीबीएस, त्रिविबाट पेडियाट्रिकमा एमडी हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

शरीरमा पानीको कमी हुँदा देखिने ८ संकेत

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

के हो ‘पोस्टपार्टम साइक्याट्रिस्ट डिसअर्डर’ ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?

हरेक काममा हतार हुन्छ, ‘हरी सिकनेस’ त होइन ?