+
+

सरकारले विद्युतको आन्तरिक खपत बढाउन सकेन : गोकर्ण बिष्ट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १४:३०

४ असार, काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले सरकारले विद्युतको आन्तरिक खपत बढाउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताएका हुन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएपनि जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ ? भन्दै उनले प्रश्न गरेका छन् ।

१० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा सरकार गम्भीर बन्न नसकेको उनले बताए ।

‘विद्युतको आन्तरिक खपत बढाउनुपर्ने हो । तर, आजपनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ । ११३ वर्ष लामो विद्युत उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत प्राप्त गर्न सकेका छैनन् । हजारौं, लाखौं घरहरु अँध्यारोमा बसिरहेका छन् । विद्युतीय सवारीसाधन, इन्डक्सन चुलोलाई अहिले पनि ठिक ढंगले प्रयोग गर्न सकिएको छैन’ उनले भने ।

एमाले सचिव समेत रहेका बिष्टले आन्तरिक खपत बढाउनु पर्नेमा विद्युत खेर जाने भयो भनेर विद्युत उत्पादन बन्द गर्नु नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?