+
+

त्रिवि उपकुलपतिको कार्यालय अघि चलाउनेको आमरण अनसन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १८:४३

४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् ।

चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउने आमरण अनसनमा बसेका हुन् । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो ।

त्यो निर्णयविरुद्ध सोमबार बिहान जिल्ला अदालत काठमाडौंमा आमरण अनसन बस्न लागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेस नेता बालकृष्ण खाँण र कृष्णप्रसाद सिटौलाले लाख कोसिस गर्दा समेत मन्त्रिपरिषदमा लान नसकेको यो मुद्दालाई वर्तमान सरकारले सजिलै फिर्ता लिएको भन्दै उनले आक्रोश पोखेका छन् ।

‘अहिलेसम्म धैर्य भएर पर्खेको थिएँ । अब मेरा सबैबाटो बन्द गरेपछि आज यहीबाट सत्याग्रह सुरु गर्दैछु,’ चलाउनेले विज्ञप्तिमा भनेका छन् ।

२० असोज २०७७ मा हरि आचार्य, योगेन्द्र रावल लगायतले आक्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?