+
+

अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव हुँदैन : पूर्णबहादुर खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १९:४३

४ असार, काठमाडौं।उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन्।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे।

उनले भने, ‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने ? सधैं औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनः निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबैकुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ।’

उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए । उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको बताए।

‘व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा। सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया शुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया सुरू हुन्छ।’ उनले भने ।

उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताए। उनले पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?