४ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा युएईमाथि श्रीलंकाले शानदार जित हात पारेको छ । जिम्बाव्वेको बुलवायोमा भएको खेलमा श्रीलंकाले १७५ रनको फराकिलो जित हात पारेको हो ।
जितका लागि ३६६ रनको विशाल लक्ष्य पछ्याएको युएई टेष्ट राष्ट्र श्रीलंकासँग निरीह सावित हुँदै ३९ ओभर खेलेर १८० रनमा अल आउट भयो ।
युएईका मोहमत वासिम र वृत्य अरबिन्दले समान ३९ तथा अलि नासिरले ३४ रन बनाए ।
युएईको इनिङ्स ध्वस्त पार्ने क्रममा वानिन्दु हसरंगा डि सिल्भाले ६ विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङको अवसर पाएको श्रीलंकाले ५० ओभरम ६ विकेट गुमाएर ३५५ रन बनाएको थियो ।
श्रीलंकाका कुशल मेन्डिसले ७८ तथा सदिरा समराविक्रमले ७३ रन बाए । ओपनरद्वय पथुम निस्सन्का ५७ र डिमुथ करुणारत्ने ५२ रनमा आउट भए । नट आउट रहेका चरित असलंकाले २३ बलमा ४८ रन बनाए ।
प्रतिक्रिया 4