+

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सोमपालको ठाउँमा ललित खेल्ने

२०८० असार  ५ गते १२:३९ २०८० असार ५ गते १२:३९
अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सोमपालको ठाउँमा ललित खेल्ने

५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा नेपालको टिममा एउटा परिवर्तन गरिएको छ । आइतबार जिम्बाव्वेविरुद्धको खेलमा तीब्र गतिका बलर सोमपाल कामीको हातमा चोट लागेका कारण उनी मंगलबार अमेरिकाविरुद्धको खेलमा हुने छैनन् ।

उनको स्थानमा ललित राजवंशी खेल्नेछन् । म्रगलबारको खेलमा अमेरिकी टिमका कप्तान मोनाक पटेल चोटका कारण खेल्ने छैनन् । अमेरिकाका लागि एरोन जोन्सले कप्तानी गर्नेछन् ।

नेपालको प्लेइङ ११ः

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी र सन्दीप लामीछाने ।

आईसीसी विश्वकप छनोट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय