काठमाडौं । हिमालयन बैंक लिमिटेडका ग्राहकले चितवनको भरतपुरस्थित पटिहानीमा रहेको जंगल भिल्ला रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौता अनुसार रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका ग्राहकले १० देखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।
रिसोर्टले दिने सेवा उपभोग गरेवापतको छुट प्राप्त गर्न ग्राहकले हिमालयन बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाए पुग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4