
५ असार, काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् ।
नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो ।
निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग पनि गरेको छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4