+
+

टाइटानिक हेर्न गएको पनडुब्बी बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १५:१९

५ असार, काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको एउटा पनडुब्बी बेपत्ता भएको छ ।

आइतबार महासागरमा डुबुल्की लगाएको पनडुब्बीसँगको सम्पर्क टुटेपछि खोजी अभियान तिब्र पारिएको छ ।

अमेरिकी तटीय सुरक्षाकर्मीका अनुसार डुबुल्की मारेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको हो ।

टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा वेलायत र पाकिस्तानका ५ जना धनाढ्यहरु सवार छन् ।

ओसियनगेटले पनडुब्बीको खोजीका लागि हरसम्भव प्रयास गरिरहेको र सबै बिकल्पको प्रयोग गरिएको बताएको छ ।

टाइटानिक जहाजको भग्नावेश हेर्नका लागि पनडुब्बीमा आतेजाते खर्च एक जनाको ३ करोड २० लाख नेपाली रुपैयाँबराबर लाग्छ ।

टाइटानिक हेर्न पनडुब्बीमार्फत समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा पुग्नुपर्छ ।

सन् १९१२ मा वेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासाग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो । २ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो ।

टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ । टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन क्यानडाको न्यूफाउन्डल्याण्ड ७०० किलोमिटर टाढा छ ।

– एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?