+
+

‘द्वेषपूर्ण अभिव्यक्तिको निराकरण गर्न नीतिनिर्माताको लागि नीति मार्गदर्शन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १६:५८

५ असार, काठमाडौं। युनेस्कोले द्वेषपूर्ण अभिव्यक्ति विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शिक्षाको माध्यमबाट ‘द्वेषपूर्ण अभिव्यक्तिको निराकरण गर्न नीति निर्माताको लागि नीति मार्गदर्शन’ सार्वजनिक गरेको छ।

मंगलबार काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली उपक्षेत्रीय कार्यक्रममा नीति मार्गदर्शन सार्वजनिक भएको हो।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई यो नीति मार्गदर्शनले द्वेषपूर्ण अभिव्यक्तिका विरुद्ध विस्तृत रुपरेखा प्रदान गर्ने बताए।

उनले भने, ‘लोकार्पण भएको नीति मार्गदर्शनले द्वेषपूर्ण अभिव्यक्तिका विरुद्ध विस्तृत रुपरेखा प्रदान गर्नेछ र सदस्य राष्ट्रहरुलाई औपचारिक र अनौपचारिक शिक्षाको माध्यमबाट स्थानीयकृत उपायहरुको अवलम्बन गर्ने मार्ग प्रशस्त गर्दछ।’

जाति, भाषा, लिंग, विचार आदिका आधारमा समाजमा हिंसा, अवहेलना, विभेद, असहिष्णुता जस्ता अमानवीय अवस्था सिर्जना गर्ने किसिमका द्वेषापूर्ण अभिव्यक्तिका कारण समाजमा पर्ने नकारात्मक प्रभाव निराकरण गर्न शिक्षाको महत्वपूर्ण भूमिका उनले शिक्षा मन्त्री राईले बताए ।

साथै यो नीति मार्गदर्शनले नीतिगत र कार्यक्रमिक सुधार तथा चेतनाको विस्तार गर्दै डिजिटल सभ्यता, विकास गरी द्वेषपूर्ण अभिव्यक्तिको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्‍यक्त गरे ।

शिक्षाले सबै किसिमको घृणित हिंसा, समूह लक्षित हिंसाको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले शिक्षा मार्फत त्यस्ता समस्या निराकरण गर्न नीति मार्गदर्शन तयार पारिएको युनेस्को शिक्षातर्फकी उप-महानिर्देशक स्टेफेनियाले बताइन्।

शिक्षक तथा विद्यार्थीलाई डिजिटल तथा सामान्य रुपमा अरुप्रति गरिने सम्मानबारे प्रशिक्षण दिने, शैक्षिक पाठ्यक्रम मार्फत सामाजिक र भावनात्मक दृष्टिकोण बलियो बनाउन लगायतको काम गर्न यसले मार्गनिर्देश गर्ने उनले बताइन्।

दक्षिण एसियाको लागि तयार भएको ‘एड्रेसिङ द हेट स्पिच थ्रु एजुकेसन : अ गाइड फर पोलिसी मेकर्स’ सार्वजनिक हुनुको साथै माल्दिभ्स, श्रीलंकाका शिक्षा मन्त्री तथा राज्यमन्त्रीहरुको उपस्थिति रहेको थियो।

उनीहरुले शिक्षा, गलत सूचना, विभेदजन्य र घृणाजन्य अभिव्यक्तिको निराकरण गर्ने शक्तिशाली माध्याम भएकोले शिक्षाको माध्यमबाट द्वेषपूर्ण अभिव्यक्ति र यसबाट उत्पन्न अवस्थाहरुको व्यवस्थापनमा यसले मद्दत पुग्ने बताए।

श्रीलंकाका शिक्षा राज्यमन्त्री ए.अरविन्द कुमारले श्रीलंकामा द्वेषपूर्ण अभिव्यक्ति निराकरण गर्ने प्रयास भइरहेको बताए।

माल्दिभ्सकी शिक्षा मन्त्री फातिमाथ नासीरले भयरहित सुरक्षित र सम्मानपूर्वक समाजमा रहन पाउने वातावरण बनाउने कोसिस गरिरहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?