+

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित

२०८० असार  ५ गते १८:४९ २०८० असार ५ गते १८:४९
काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित

५ असार, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमाजारी काभा पुरुष भलिबल नेसन्स लिगमा इरानसँग पराजित भएको छ ।

यो सँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो ।

नेपाल बलियो इरानसँग १६–२५, २२–२५, २२–२५ को सोझो सेटमा पराजित भएको हो ।

नेपाल यसअघि मंगोलिया र घरेलु टोली किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।

नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली र आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।

काभा पुरुष भलिबल नेसन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय