+
+

यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर नि:शुल्क

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १९:१३

काठमाडौं । दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ रोमाञ्चक अफर सार्वजनिक गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् ।

दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने कम्पनीले जनाएको छ । यामाहा ट्याक्स रिल्याक्सले ग्राहकका अन्य आर्थिक बोझका चिन्तालाई हटाउन यो अफर ल्याएको जनाएको छ ।

यामाहा ट्याक्स रिल्याक्सका कारण ग्राहकहरूले सडक कर खर्चको चिन्ता लिनु नपर्ने भएकोले यात्रा आनन्दपूर्वक बन्न विश्वास यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले व्यक्त गरे ।

यसबाहेक विभिन्न आकर्षक अफरहरु ग्राहकलाई उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?