
६ असार, काठमाडौं । १६ औं आवधिक योजना निर्माणमा राष्ट्रिय योजना आयोग जुटेको छ ।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी १६ औं योजना तर्जुमाको तयारी सुरु गर्न लागेको बताएको छ । सो क्रममा आयोगले योजनाका बारेमा विज्ञबाट राय लिन थालेको छ । सो क्रममा आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्वसदस्यहरु तथा अर्थविद्हरुसँग छलफल गर्न लागेको हो ।
आयोगका प्रवक्ता सुमन दाहालका अनुसार बुधबारदेखि आयोगले नियमित रुपमा राय लिने काम सुरु गरेको छ । सुझाव लिने काम शुक्रबारसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4