
६ असार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को निमित्त प्रमुखमा कनिष्ठलाई नियुक्त गरिएको भन्दै कृषि वैज्ञानिकहरुले आपत्ति जनाएका छन । मंगलबार कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चर साइन्टिस्ट नेपाल (सास) ले एक विज्ञप्ति जारी गर्दै यस्तो असन्तुष्टी व्यक्त गरेको हो ।
गत ३१ जेठमा कृषि मन्त्रालयले नार्ककको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी डा. ध्रुवराज भट्टराईलाई दिएको थियो ।
नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीको कार्यकाल सकिएपछि उनले डा. दोजराज खनाललाई निमित्तको जिम्मेवारी दिएका थिए । तर, खनाललाई हटाएर कृषिमन्त्री वेदुराम भुसालले भट्टराईलाई सो जिम्मेवारीमा ल्याएका थिए । सासले नयाँ जिम्मेवारी पाएका भट्टराई वरियाताक्रममा ४० औं नम्बरमा रहेका अधिकराी भएको दाबी गरेको छ ।
क्षमतवान र उच्च परियातका वैज्ञानिकलाई पाखा लगाए कृषि मन्त्रीले भट्टराईलाई नियुक्त गरेको भन्दै सासले उक्त निर्णय सच्याउन कृषिमन्त्री भुसालको ध्यानकर्षण गराएको छ ।
वरियता क्रममा पाका र अनुभवी वैज्ञानिकलाई पन्छाएर कनिष्ठ नियुक्ति हुँदा नार्कको कार्यसम्पादनमै असर पर्ने चेतावनी पनि सासले गराएको छ ।
सासका अध्यक्ष डा.रामप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै कृषि मन्त्री भुसाललाई यो निर्णय तत्काल सच्याउन अनुरोध गरेका छन् ।
प्रतिक्रिया 4