+
+

किसानलाई पेन्सनको व्यवस्था गरौं : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १४:५१

६ असार, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिनुपर्ने उनको भनाइ छ । बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले कर्मचारीलाई पेन्सन दिने तर किसानलाई नदिने काम उचित नहुने बताए ।

‘किसानलाई पेन्सनको व्यवस्था गरौं । लुट्ने स्थायी सरकारलाई होइन । जति ठूलो पोस्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन । स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? दुनियाँका लागि खनुपसिना सुकाएर जीवन दिनेलाई सम्मान गर्ने हो कि चुसेर महल ठड्याउनेलाई सम्मान गर्ने हो ?’ उनले प्रश्न गरे ।

कृषिलाई आकर्षणको क्षेत्र बनाउन परम्परागत बजेटले सम्भव नहुने भन्दै साहले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?