
काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आफ्नो विद्युतीय सवारी साधन कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।
दिगोपन र पर्यावरण मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतामा हुण्डाइले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी एस्तो योजना ल्याएको हो । यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षका लागि) हुन्डाइ कोना र आयोनिक ५ खरिद गर्न सक्नेछन् । बैंकको ३०१ वटै शाखाबाट छिटो, छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध गराउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ हुन्डाइ कोना र आयोनिक ५ लक्षित गरी यो अफर ल्याएको हो ।
हुन्डाइ कोना तीन वटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले बताएको छ । कोना एनएस भेरियन्टको मूल्य ६० लाख ९६ हजार, जीएलको ६१ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रूपैयाँ रहेको कम्पनीले बताएको छ । यस्तै आयोनिक ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजार रूपैयाँ रहेको छ ।
प्रतिक्रिया 4